२ असार २०८३, मंगलबार

बागलुङका किसानले गराए ७०५ पशुको बिमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २० भदौ । दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानका ७०५ पशुको बिमा गरिएको छ ।

जिल्ला सहकारी सङ्घमा आबद्ध बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाका शेयर सदस्यका ७०५ पशुको बिमा गरिएको सङ्घ अध्यक्ष दीपक गौतमले जानकारी दिए ।

कृषकबाट बिमा प्रिमियमबापत गत वर्षमा चार लाख ८४ हजार ५०० रुपैयाँ र राज्यबाट अनुदानबापत १९ लाख ३८ हजार रुपैयाँ गरी जम्मा २४ लाख २२ हजार ५०० रुपैयाँ पशुधन सुरक्षण उपसमितिमा रकम दाखिला भएको छ । चालु आवमा पशुधन सुरक्षण कार्यक्रममा ७८ लाख ८० हजार रुपैयाँ सङ्कलन भएको उनले बताए ।

सङ्घले २४ वर्षदेखि १५ दुग्ध सङ्कलन सहकारीका एक हजार ५०० भन्दा बढी किसानको दैनिक तीन हजार ५०० लिटर दूध सङ्कलन, प्रशोधन तथा बजारीकरण गर्दै आएको छ ।