१ श्रावण २०८३, शुक्रबार

आज यी चार प्रदेशमा मध्यम वर्षाको सम्भावना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । हाल देशभरि मनसुनी वायुको प्रभाव रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ । शुक्रबार बिहान कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा छिटपुट वर्षा भएको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराई भू–भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार राति देशभर साधारणतया बदली रहने पूर्वानुमान छ । राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।