२७ जेष्ठ २०८३, बुधबार

दर्ताका लागि मेटा सम्पर्कमा आएको भन्ने हल्ला मात्रै !

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । सञ्चार मन्त्रालयले फेसबुकको सञ्चालक संस्था मेटा दर्ताका लागि सम्पर्कमा नआएको स्पष्ट पारेको छ ।

सरकारले फेसबुक लगायत दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेलगत्तै मेटा सम्पर्कमा आएको भन्दै समाचार सार्वजनिक भएकामा मन्त्रालयले खण्डन गरेको हो ।

सञ्चार मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्रकुमार ठाकुरले हालसम्म मेटा कम्पनी दर्ता प्रक्रियाका लागि औपचारिक रुपमा सम्पर्कमा नआएको जानकारी दिए ।

उनले भने, “औपचारिकरुपमा सरकारको इमेलमा आएको भए वा त्यहाँ माग गरेको भए एउटा कुरा हुन्थ्यो। उहाँहरुलाई आवश्यक डकुमेन्ट के के चाहिन्छ त्यो त अलरेडी हाम्रो वेबसाइडमा छ ।”