८ असार २०८३, सोमबार

ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैंकबीच विशेष छुट सम्झौता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । दरबारमार्ग काठमाडौंस्थित ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैंक लिमिटेडबीच विशेष छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बुधबार प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकार तथा ल्यान्डमार्क होटेल तथा रिसोर्टका तर्फबाट सहायक बिक्री निर्देशक मालती राई श्रेष्ठ तथा बिक्री तथा विपणन कपोरेट निर्देशक अमृत ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरी एक अर्कालाई सम्झौता पत्र हस्तान्तरण गरियो । ल्यान्डमार्क होटेल तथा रिसोटअन्तर्गत चितवन, पोखरा, काठमाडौं, तनहुँ र भैरहवा लगायत शाखासँग प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुविधा लिएबापत विशेष छुट पाउने छन् ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले होटेल तथा रिसोर्टको सेवा तथा सुविधा प्राप्त गर्नको निमित्त बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतिय प्रणालीद्धारा बिल भुक्तानी गर्नुपर्ने छ । ल्यान्डमार्क होटेल तथा रिसोर्टको उल्लेखित शाखामार्फत उपलब्ध आवासतर्फ विशेष संस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३”को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २५६ एटीएम साथै ४८ एक्सटेन्सन काउन्टर रहेको छ । करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ । नेपाल बेस्ट डिजिटल बैंक फर एसएमइ अवार्ड अन्तर्राष्ट्रिय युरोमनी एक्सिलेन्स अवार्ड २०२५ को अन्तर्राष्ट्रियबाट पनि सम्मानित भएको छ ।