१९ असार २०८३, शुक्रबार

प्रहरीको निर्देशन– बिहान खोक्ने-खकार्ने, राति अबेर र बिहान सबेरै प्रेसर कुकरको सिठ्ठी नलगाउनू

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ अन्तर्गत दैनिक जीवनमा हुने सानो सानो अव्यवस्था हटाउन निर्देशन दिएको छ।

प्रहरीका अनुसार, बिहान जोरजोरले खोक्ने वा खकार्ने, बिहान सबेरै वा राति अबेर प्रेसर कुकरको सिठ्ठी बजाउने, मध्यरातमा ध्वनि प्रदूषण हुने गरी संगीत बजाउने, तथा उच्च आवाजमा मोटरसाइकल चलाउने जस्ता कार्यले छिमेकीलाई असुविधा पुर्‍याउने भएकाले रोक्न आग्रह गरिएको हो।

त्यस्तै, घरायसी सरसफाइमा समेत ध्यान दिनुपर्ने भन्दै शौचालय प्रयोगपछि अनिवार्य फ्लस गर्न, पसल वरिपरिको फोहर व्यवस्थापन गर्न, समाजिक तथा सांस्कृतिक कार्यक्रम सीमित आवाजमा गर्न, र सार्वजनिक स्थलगत गतिविधिमा नियम पालना गर्न प्रहरीले सबैलाई आह्वान गरेको छ।

प्रहरीले साना साना बानी परिवर्तनमार्फतै छिमेकीसँगको सम्बन्ध मजबुत हुने र शहरलाई शान्त, व्यवस्थित बनाउन सकिने जनाएको छ।