२५ जेष्ठ २०८३, सोमबार

आईपीओ जारी गर्दै दुसित थानी हिमालयन रिर्सोट, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । ओमस्टोन होटेल्स लिमिटेड (दुसित थानी हिमालयन रिर्सोट) र सिटिजन्स क्यापिटल लिमिटेडबीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ ।

बुधबार भएको सम्झौतामा ओमस्टोन होटेल्सको तर्फबाट अख्तियार प्राप्त प्रबन्ध निर्देशक रमेशकुमार हमाल र सिटिजन्स क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिरबादे श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटलले दुसित थानी हिमालयन रिर्सोटको प्राथमिक शेयर सार्वजनिक निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ । कार्यक्रममा संस्थापकको तर्फबाट प्रमुख विदेशी लगानीकर्ता विष्णु मोरको उपस्थिति रहेको थियो ।

सन् २०२३ को चौथो त्रैमासिकदेखि सञ्चालनमा आएको दुसित थानी हिमालयन रिर्सोट काभ्रेपलाञ्चोकस्थित पात्लेखेत, धुलिखेलमा अवस्थित प्रसिद्ध थाई होटल ब्रान्ड दुसित इन्टरनेशनलको फ्याक्ससिप लक्जरी रिसोर्ट हो । हिमालय र उपत्यकाको मनोरम दृश्यहरूसहितको पहाडको शिरमा रहेको दुसित थानी हिमालयन रिर्सोट अन्तर्राष्ट्रिय ब्रान्डको संरचना र प्रविधि मापदण्डमा निर्मित छ ।

अन्तर्राष्ट्रिय आतिथ्य श्रृंखल ब्राण्ड दुसित थानीले नेपालसहित विभिन्न १८ वटा देशमा आतिथ्य सेवा प्रदान गर्दै आइरहेको छ र नेपालमा दुसित थानी हिमालयन रिर्सोट (ओमस्टोन होटेल्स लिमिटेड)ले यसको प्रतिनिधित्व गरेको छ । राजधानी काठमाडौंबाट करिब ३८ किमिमा रहेको दुसित थानी हिमालयन रिर्सोटमा शान्तपूर्ण तथा रमणीय वातावरणमा विभिन्न संघसंस्थाहरुले आफ्नो सम्मेलन, सेमिनार तथा कार्यक्रमहरु पनि गर्ने गरेका छन् ।

सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरु थप्दै ग्राहकहरुलाई पूर्ण वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।