४ असार २०८३, बिहिबार

लिपुलेकबारे कुरा राखेर प्रधानमन्त्री ओलीले देशभक्त नेपालीको प्रतिनिधित्व गर्नुभयो : सूर्य थापा

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । नेकपा (एमाले) का सांसद सूर्य थापाले लिपुलेकबारे चीनका राष्ट्रपति सी चिनफिङ समक्ष कुरा राखेर देशभक्त नेपालीहरूको आवाजको प्रतिनिधित्व गरेको बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले नेपालको हित र नेपालको गम्भीर ध्यानाकर्षण राखेका बताएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्रीले चीनका राष्ट्रपति समक्ष नेपालको हित र नेपालको गम्भीर ध्यानाकर्षण राख्नुभएको छ। लिपुलेकबारे गम्भीरतापूर्वक आपत्ति प्रकट गर्नुभएको छ।’

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग राखेर लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको हो भन्ने कुरा अन्तर्राष्ट्रिय रूपमा नै उठाएको उनको भनाइ थियो ।