२४ जेष्ठ २०८३, आइतबार

चीनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश : इतिहासबाट प्रेरणा, शान्तिबाट भविष्य निर्माण

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । जापानी आक्रमणविरुद्धको चिनियाँ जनप्रतिरोध युद्ध र विश्व विरोधी–फासिस्ट युद्धको विजयको ८० औं वार्षिकीमा राष्ट्रपति सी चिनफिङले दिएको सन्देश केवल इतिहास सम्झाउने मात्र होइन, चीनको वर्तमान र भविष्यको राजनीतिक सन्देशसमेत बनेको छ ।

उनले चीनको तियानआनमेन चोकमा आयोजित भव्य समारोहमा सम्बोधन गर्दै सहिदहरूको बलिदानलाई श्रद्धाञ्जली अर्पण गर्न, शान्तिलाई मूल्याङ्कन गर्न र उज्ज्वल भविष्य निर्माण गर्न आग्रह गरे ।

चीनले १४ वर्ष लामो संघर्षपछि ३ करोड ५० लाखभन्दा बढी जनताको बलिदानका साथ विजय हासिल गरेको इतिहास स्मरण गर्दै सीले भने, “इतिहास केवल सम्झनकै लागि होइन, आगामी पुस्तालाई मार्गदर्शन गर्नका लागि हो ।” यस सन्देशले चीन आजको अन्तर्राष्ट्रिय राजनीतिमा शान्ति, सहकार्य र बहुध्रुवीय विश्वको समर्थनमा रहेको संकेत गर्दछ ।

विश्लेषकहरूको भनाइमा, सीको यो सम्बोधन चीनको “इतिहास–आधारित राष्ट्रवाद” लाई बल दिनुका साथै, विश्व समुदायलाई चीन शान्तिपूर्ण विकासको मार्गमा अग्रसर रहेको सन्देश पठाउने प्रयास हो ।

सन् २०१४ देखि सेप्टेम्बर ३ लाई ‘जनप्रतिरोध युद्ध विजय दिवस’का रूपमा मनाउने निर्णय पनि यही रणनीतिक सन्देशसँग जोडिएको मानिन्छ ।