१७ असार २०८३, बुधबार

गंगबुबाट बरामद रकम ४ करोड २५ लाख भएको पुष्टि, सुन कति ?

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । मंगलबार काठमाडौंको गंगबुस्थित विनोद श्रेष्ठको घरबाट बरामद भएको रकम चार करोड २५ लाख भएको पुष्टि भएको छ ।

प्रहरीले श्रेष्ठको घरमा छापा हानेर रकम बरामद गरेको हो ।

हिजो तीन करोड ५० लाख रकम रहेको बताइए पनि बैंकमा लगेर मेसिनले गन्दा ४ करोड २५ लाख भएको पाइएको हो । यसैगरी, प्रहरीले बरामद गरेको सुन ९ किलो ८३७ ग्राम रहेको पाइएको छ ।

प्रहरीले हिजै घरधनी गोरखाका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो । उनी मिटरब्याजी रहेको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।