३२ असार २०८३, बिहिबार

डा. गोविन्द केसीले तोडे अनशन

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १७ भदौ । चिकित्सा शिक्षा सुधारका मागसहित कैलालीको गेटा अस्पतालमा आइतबारदेखि अनशनरत डा. गोविन्द केसीले स्वास्थ्यमा समस्या गहिरिएपछि आज मंगलबार अनशन तोडेका छन्।

चिकित्सकका अनुसार उनको शरीरमा ग्लुकोजको मात्रा अत्यधिक न्यून भएको, मांसपेशी बाउँडिने, टाउको दुख्ने जस्ता समस्या देखिएको थियो। यिनै कारणले अवस्था जटिल बन्दै गएपछि उनले दिउँसो २ बजे अस्पतालमा रहेका बिरामी प्रितम चौधरीको हातबाट चुस पिएर अनशन तोडेका हुन्।

उनले अनशनरत रहँदै थप उपचार लिन भने इन्कार गरेका थिए। केसीले निजी मेडिकल कलेजको सिट वृद्धि रोक्न, विगतका सम्झौता अनुसार सरकारी मेडिकल कलेज सञ्चालन गर्न, तथा सबै नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन माग गर्दै आएका छन् ।