३० जेष्ठ २०८३, शनिबार

अफगानिस्तानमा भूकम्प : मृत्यु हुनेको संख्या बढ्दो

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १७ भदौ । पूर्वी अफगानिस्तानमा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । हालसम्म कम्तिमा ८१२ जनाको मृत्यु भएको र २,८१७ जना घाइते भएको पुष्टि भएको छ ।

स्थानीय सरकारले भग्नावशेषबाट उद्धार गरिएका घाइतेहरूलाई हेलिकप्टर स्थानान्तरण कार्यहरूको समन्वय गरिरहेको छ । अफगान अन्तरिम सरकारले कुनार प्रान्त र छिमेकी क्षेत्रहरूमा ६.० म्याग्निच्युडको भूकम्पमा कम्तिमा ८१२ जनाको मृत्यु भएको र २,८१७ जना घाइते भएको पुष्टि गरेको छ । मृतकको संख्या प्रारम्भिक अनुमान मात्र भएको र यसको संख्या बढ्ने छ ।

‘हामीले सबैथोक गुमायौं। मेरा दुई छोराको भूकम्पमा खुट्टा भाँचियो। हाम्रो सबै सम्पत्ति नष्ट भयो,’ कुनारका बासिन्दा खयात खानले भने ।
‘हिजो राति भूकम्पमा मेरो परिवारका दुई सदस्यको मृत्यु भयो । हाम्रो घर पूर्ण रूपमा ध्वस्त भयो । हामीलाई आश्रय र आवश्यक सहयोग चाहिएको छ, प्रान्तका अर्का पीडित नेलातुल्लाहले भने। प्रभावित क्षेत्रमा उद्धार र राहतका कार्यक्रमहरु जारी राखिएको छ ।