७ असार २०८३, आइतबार

नेपाल र बंगलादेशबीच हुने खेलका टिकट एन्फा आफैंले बेच्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १६ भदौ । नेपाल र बंगलादेशबीच हुने दुई मैत्रीपूर्ण खेलका टिकट अखिल नेपाल फुटबल संघ (एन्फा) आफैंले विक्री गर्ने भएको छ । नेपालले भदौ २१ र २४ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।

एन्फाले पहिलो टिकट विक्रीको जिम्मेवारी टेन्डरमार्फत अन्यलाई दिँदै आएको थियो । तर, क्षमतालगायत अन्य कुरामा प्रश्न उठेपछि एन्फा आफैंले टिकट विक्री गर्न लागेको प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

‘पहिला अरुलाई विक्रीको जिम्मेवारी दिँदै आएका थियौं। तर, क्षमताभन्दा बढी टिकट विक्री गर्ने लगायतका कुराहरू आउन थालेपछि हामीले आफ्नो स्रोतसाधन प्रयोग गर्न लागेका हौं,’ उनले भने ।

उनका अनुसार टिकट दर भीआइपीतर्फ एक हजार र सामान्य पारापिटतर्फ ५०० सय रुपैयाँ राखिएको छ । टिकट फिजिकल र अनलाइन कुन तरिकाले विक्री हुने हो भन्नेबारे भने अझै टुंगो लागिसकेको छैन ।

एन्फाले यसपल्ट ८ हजार २ सय मात्रै टिकट विक्री गर्ने योजना बनाएको छ । त्यसमा एक हजारदेखि १२ सयसम्म भने भीआइपीतर्पको टिकट विक्री हुने शाहले जानकारी दिए ।