
काठमाडौं, १६ भदौ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले नेपालीहरुको महान चाड २०८२ सालको दशैं, तिहार र छठलाई लक्षित गर्दै ‘यो दशैं तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख’ योजना सार्वजनिक गरेको छ ।
आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुशी साट्न सिटी एक्सप्रेसले ९ हप्तासम्म चल्नेगरी उपहार योजना ल्याएको हो । कार्यक्रममा र्चिर्चत हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपालको उपस्थिति रहेको थियो ।
सिटी एक्सप्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक हप्ता १ जनालाई १ लाख रुपैयाँ र हरेक दिन सबैलाई सिटी पेबाट क्यासब्याक पाउने योजनामा रहेको छ । कम्पनीका अनुसार यस ‘यो दशैं तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख’ अफर आज भदौ १६ गतेदेखि कात्तिक १५ गतेसम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।
कम्पनीका अनुसार यस उपहारको विजेता छनोट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुने छैन ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १९ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ । साथै, सिटी पेबाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।








प्रतिक्रिया