३० जेष्ठ २०८३, शनिबार

चीनको विजय दिवस परेड बहिष्कार गर्ने जापानको प्रयासको तिव्र आलोचना

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १६ भदौ । द्वितीय विश्वयुद्ध समाप्त भएको ८० औं वार्षिकोत्सवको अवसरमा चीन सरकारले विजय दिवस परेडको आयोजना गरेको छ । जापानले उक्त सैन्य परेडमा अन्य देशहरूलाई सहभागी नहुन आग्रह गरेको भन्दै चीनले त्यसको तिव्र आलोचना गरिरहेको छ ।

बेइजिङले यो कदमलाई “इतिहासको तोडमोड” र “न्यायप्रतिको विश्वासघात” भनेको छ । चिनियाँ अधिकारीहरूले जापानको प्रयासलाई दिग्भ्रमपुर्ण भनेका छन् । “जापानले चीन र अन्य एशियाली मुलुकविरुद्ध गरेको युद्धले गहिरा घाउहरू छोडेको छ, जुन अझै पूर्ण रूपमा निको भएको छैन,” सिजिटिएन डिजिटलका प्रमुख सम्पादक तिआनफु लीले लेखेका छन। “नान्जिङ नरसंहारदेखि युनिट ७३१ ले गरेको रासायनिक तथा जैविक हतियार प्रयोगसम्मका अत्याचार अस्वीकार गर्न नसकिने यथार्थ हुन् । लाखौंको बलिदानलाई सम्झनु भनेको शान्ति र न्यायलाई सम्मान गर्नु हो, राजनीति गर्नु होइन ।”

लीका अनुसार जापान नै इतिहासमा बढी अड्किएको छ तर सत्यलाई स्वीकार गर्न होइन, बरु तोडमोड गर्न । उनले जापानमा प्रचलित संशोधित पाठ्यपुस्तक, युद्धअपराधीहरूलाई समेत पूजा गर्ने यासुकुनी श्राइनमा नेताहरूको निरन्तर भ्रमण, र पूर्ण क्षमायाचना गर्न असफलताका उदाहरण दिएका छन् ।

चीनले सेप्टेम्बर ३ मा हुने परेडलाई केवल आफ्नो सार्वभौम अधिकार मात्र नभई विश्वस्मृति र युद्धपश्चातको अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षा गर्ने योगदानको रूपमा पनि प्रस्तुत गरेको छ ।

जापानको यो कदम १९४५ पछि विश्वले अंगिकार गरेको सत्य, न्याय र शान्तिका मूल्यहरूलाई अपमान गर्ने काम भएको चीन सरकारले बताएको छ । विश्लेषकहरूले चेतावनी दिएका छन् कि इमान्दारी र विनम्रतासाथ आफ्नो विगत स्वीकार नगर्दा जापानले क्षेत्रीय अविश्वास बढाउने र छिमेकीहरूसँग अलगाव बढाउने जोखिम लिन्छ ।

“चीनको स्मरणोत्सव प्रतिशोधको लागि होइन । यो कहिल्यै नबिर्सनुहोस् भन्ने आह्वान हो, ताकि युद्धका भयावहता दोहोरिन नपाओस्,” लीले भने । “इतिहासको उज्यालोबाट डराउनेहरू प्रायः लुकाउन केही भएकै कारण हो ।” चीनले जापानलाई आफ्नै विगतसँग सामना गर्न, ईमानदारीपूर्वक क्षमायाचना गर्न र शान्तिका लागि बलिदान दिनेहरूलाई सम्मान गर्न विश्व समुदायसँग मिलेर सहभागी हुन आग्रह गरेको छ ।