
काठमाडौं, १६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोन्ङ्लौन सिसौलिथबीच भेटवार्ता भएको छ ।
साङ्घाइ सहयोग सङ्गठन (एससीओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन चीनमा रहेका प्रधानमन्त्री ओली र लाओका राष्ट्रपति सिसौलिथबीच सोमबार बिहान भेटवार्ता भएको हो ।
प्रधानमन्त्री ओलीले यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगायत विभिन्न देशका राष्ट्र र सरकार प्रमुखसँग भेटवार्ता गरिसकेका छन् ।









प्रतिक्रिया