४ असार २०८३, बिहिबार

ट्रष्ट माइक्रो इन्स्योरेन्स र सेल पेबीच समझदारी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेड र सेल पे प्रालिबीच ग्राहकहरुलाई डिजिटल प्रविधिमार्फत बीमा सेवा उपलब्ध गराउने समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा ट्रस्ट माइक्रो इन्स्योरेन्सका उपप्रमुख कार्यकारी अधिकृत विश्वोजन थापा श्रेष्ठ र सेल पेका प्रमुख कार्यकारी अधिकृत निरजकुमार शुक्लाले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार ग्राहकहरूलाई आफ्ना आवश्यकता अनुरूप बीमा शुल्कसम्बन्धी सम्पूर्ण जानकारी अनलाइनमार्फत सेल पेले उपलब्ध गराउनेछ । सेल पेमार्फत विस्तृत बीमाशुल्कको जानकारी प्राप्त भइसकेपछि ग्राहकहरुले सेल पेबाट बीमा पोलिसीको लागि अनुरोध गर्न सक्नेछन् र ट्रष्ट माइक्रो इन्स्योरेन्सले ग्राहकहरुको अनुरोध बमोजिम बीमा सेवा उपलब्ध गराउनेछ । यसरी ग्राहकहरुले अनलाइनबाट नै बीमाको सेवा प्राप्त गर्न सक्नेछन् । यस कदमले डिजिटल माध्यममार्फत बीमा सेवाको पहुँचलाई थप व्यवस्थित, सरल र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ ।

यस सम्झौता तथा सहकार्यले डिजिटल बीमा प्रविधिमा महत्वपूर्ण कदम चालेको दुवै कम्पनीका प्रतिनिधिहरूको धारणा छ । साथै, यसले ग्राहकको विश्वास वृद्धि गर्ने मात्र नभई दुवै कम्पनीलाई दिगो रूपमा फाइदा पुर्‍याउने अपेक्षा गरिएको छ ।

ट्रस्ट माइक्रो इस्स्योरेन्सले हालसम्म मोटर, सम्पत्ति, दुर्घटना बीमा सेवा उपलब्ध गराउँदै आएको छ र कृषि बीमा सेवा पनि उपलब्ध गराउने प्रक्रियामा रहेको बताइएको छ ।