५ असार २०८३, शुक्रबार

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स, कोलकत्ता, भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंकले “सम्पत्ति गुणस्तर”अन्तर्गतको विधामा सम्मान पाएको हो ।

शुक्रबार नयाँ दिल्लीमा आयोजित “तेस्रो इमर्जिङ एसिया बैंकिङ्ग कनक्लेभ एण्ड अवार्डस” कार्यक्रममा बैंकले सम्मान प्राप्त गरेको हो । बिमस्टेक क्षेत्रमा सबैभन्दा प्रतिष्ठित रहेको बैंकिङ्ग कनक्लेभ तथा अवार्ड कार्यक्रममा भारत, श्रीलंका, नेपाल, म्यानमार, बंगलादेशका बैंकहरुको सहभागिता रहेको थियो ।

बैंकले सम्पत्तिको संरचना, सम्पत्तिहरुको प्रभावकारी परिचालन तथा सम्पत्तिको गुणस्तर सुधारमा उल्लेखनीय कार्य गरे बापत अवार्ड प्राप्त गर्न सफल भएको हो । यस अवार्डको प्राप्तिसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

हालै मात्र महालक्ष्मी विकास बैंक र भारतको अग्रणी वित्तीय संस्था एचडीएफसी बैंकबीच सीमा–पार वित्तीय सेवाहरुलाई प्रवद्र्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानीसम्बन्धी कार्य गर्न समझदारी भएको छ । समझदारीअन्तर्गत महालक्ष्मी विकास बैंकले ग्राहकहरुले भारतबाट नेपालमा भुक्तानी गर्न मिल्ने प्रणालीे सञ्चालनमा ल्याएको हो ।