३ श्रावण २०८३, आइतबार

बंगलादेशसँगको खेलपछि भरतले सन्न्यास लिने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १५ भदौ । नेपाली राष्ट्रिय टोलीका अनुभवी स्ट्राइकर भरत खवासले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार बंगलादेशविरुद्धका मैत्रीपूर्ण खेलपछि ३३ वर्षीय भरतले सन्न्यास लिने भएका हुन् । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सेप्टेम्बर ६ र ९ मा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्देछ ।

उक्त दुई खेलपछि भरतले आफ्नो करियरलाई विदाइ गर्ने तयारी गरेको एन्फाले जनाएको छ । एन्फाले भनेको छ, ‘बंगलादेशविरुद्धका खेलपछि अन्तर्राष्ट्रिय करियर समाप्त गर्ने सोचमा रहेका कारण उनी राष्ट्रिय टोलीका लागि मैदानमा देखिने सम्भावना निकै उच्च छ ।’

हालै एन्फाले घोषणा गरेको २३ सदस्यीय अन्तिम टोलीमा भरत पनि परेका छन् । उनी त्रिभुवन आर्मी क्लबबाट घरेलु फुटबल खेलिरहेका छन् ।

एन्फा एकेडेमीमार्फत उदाएका भरतले सन् २००८ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका थिए । १५ वर्ष लामो यात्रामा उनले ६० भन्दा बढी खेल खेलेका छन् र १० गोल गरेका छन् ।