२४ जेष्ठ २०८३, आइतबार

सानिमा बैंकका ग्राहकलाई बससेवाबाट टिकट खरिद गर्दा आकर्षक क्यासब्याक

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानी प्रोत्साहन गर्न बससेवासँग आकर्षक क्यासब्याकको व्यवस्था गरेको छ ।

यसअन्तर्गत ग्राहकहरुले सानिमा भिसा डेबिट/क्रेडिट कार्डमार्फत अनलाइन भुक्तानी गरी बससेवाबाट नेपालभरिको बस टिकटको खरिदमा १५ प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म र भारतको बस टिकटको खरिदमा १५ प्रतिशत वा अधिकतम ४०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना आजदेखि २०८२ फागुन १४ गतेसम्मका लागि लागू हुने बैंकले जनाएको छ ।

बैंकले ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा एटिएमहरु सञ्चालनमा रहेका छन् ।