३० जेष्ठ २०८३, शनिबार

दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. गोविन्द केसीले थाले २३औँ सत्याग्रह

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १५ भदौ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा गोविन्द केसीले २३औँ सत्याग्रह थालेका छन् ।

उनले विभिन्न ४ बुँदे माग राख्दै धनगढीको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सत्याग्रह सुरु गरेका हुन्। उनले चिकित्सा शिक्षातर्फ सिट संख्या बढाएकोमा त्यसलाई फिर्ता गर्न माग गरेका हुन् । त्यस्तै एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धि र विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धि ऐन पारित गर्न पनि उनले माग गरेका छन् ।

यस्ता छन् उनका माग :

१. प्रम ओली र चिकित्सा शिक्षा आयोगको गलत ढंगले निजि मेडिकल कलेजहरुलाई विद्यार्थी सिट संख्या वृद्धि गर्ने निर्णय तुरुन्त फिर्ता लिन, शुल्क वृद्धि नगर्न, सम्झौता अनुरुप इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज खोल्न र गेटाको मेडिकल विश्वविद्यालयमा तुरुन्त पूर्ण क्षमतामा अस्पतालसेवा र शैक्षिक कार्यक्रम सुरु गर्न।

२. एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धि र विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धि ऐन पारित गर्न, ऐन अनुरुप मेडिकल शिक्षालाई गैर नाफामूलक बनाउने र सरकारी अस्पताल लगायत सबै स्वास्थ्य संस्थामा दरबन्दी वृद्धि गर्न लगायतका सबै सम्झौता र मागहरु कार्यान्वयन तथा पुरा गर्न।

३. लिपुलेखमा अतिक्रमण बन्द गरि नेपालको अतिक्रमित भूमि फिर्ता गर्न भारत सरकारसँग र सो कार्यको सुनिश्चितता
गर्न नेपाल सरकारसँग माग गरिन्छ।

४. युक्रेन र गाजामा भइरहेको नरसंहारकारी युद्ध तुरुन्त बन्द गर्न रुस र इजरायल समक्ष माग गरिन्छ।