२३ असार २०८३, मंगलबार

रिलायबल लाइफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेड ९औं वर्षमा प्रवेश गरेको छ।

कम्पनीले स्थापना भएदेखि अहिलेसम्म ग्राहकको विश्वास, साथ र योगदानप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा र सुरक्षित भविष्य प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।

सीईओ नारायणबाबु लोहनीका अनुसार कम्पनीले आठ वर्षको अवधिमा हजारौँ ग्राहकलाई जीवन बीमा सुरक्षासँगै भरपर्दो सेवा उपलब्ध गराउँदै आएको छ। संस्थाले आफ्नो ‘सुरक्षाको साथ, भविष्यको विश्वास’ भन्ने मूल मन्त्रलाई आगामी दिनमा अझ मजबुत बनाउन जोड दिने जनाएको छ।

यस अवसरमा कम्पनीले ग्राहक, एजेन्ट, कर्मचारी र सबै सहयोगीप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै निरन्तर सुधार र नयाँ सेवा विस्तारमा ध्यान केन्द्रित गर्ने सीईओ लोहनीले बताए।