३० जेष्ठ २०८३, शनिबार

साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । भारतले साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।

शुक्रबार बेलुकी सम्पन्न खेलमा नेपाललाई ५–० गोलले हराउँदै भारतले एक खेल अगावै उपाधि जितेको हो । यो जितसँगै भारतले ५ खेलबाट १५ अंक जोड्दै शीर्ष स्थानमा रहँदा समान खेलबाट तीन अंक जोडेको नेपाल तेस्रो स्थानमा रहेको छ ।

दोस्रो स्थानमा रहेको बङ्गलादेशको समान पाँच खेलमा १० अङ्क छ । हिजो बङ्गलादेश र भुटानले बराबरी खेल्दै अङ्क बाँडेका थिए ।

अब अन्तिम खेलमा भारत र बङ्गलादेश तथा नेपाल र भुटान खेल्नेछन् । नेपालको पाँच खेलमा तीन अङ्क र समान खेलमा भुटानको एक अङ्क छ । भारतले यसअघि सन् २०१८ र २०१९ मा साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि जितेको थियो ।