२२ असार २०८३, सोमबार

भूमिसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाण्डौ, १३ भदौ । ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२’ प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकले विधेयक बहुमतले पारित गरेको हो ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री अधिकारीले भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउन विधेयक ल्याइएको बताए । उनले विधेयकमा कतै पनि हदबन्दीभन्दा बढी जग्गा दिने भनेर उल्लेख नगरिएको दाबी गरे ।