
काठमाडौं, १३ भदौ । नेपालले फिफा विश्व फुटसल वरीयतामा आफ्नो स्थान सुधार गरेको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा पुरुष टोलीले दुई स्थान सुधार गरेको हो ।
नयाँ वरीयतामा नेपाल ११८औं स्थानमा छ। त्यसअघि नेपाल १२०औं स्थानमा थियो । नेपालले अन्तिमपल्ट मंगोलियामा २०२३ अक्टोबर ११ मा घरेलु टोलीसँग प्रतिस्पर्धा गरेको थियो ।
एएफसी फुटसल एसियन कप छनोटको उक्त खेलपश्चात नेपालले कुनै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको छैन । साफमा नेपाल दोस्रो स्थानमा छ । नेपालभन्दा अगाडि माल्दिभ्स १०६औं स्थानमा छ । भारत भने १३५औं स्थानमा छ। माल्दिभ्स र भारतको वरीयता यथावत छ । बंगलादेश, भुटान, पाकिस्तान र श्रीलंका भने वरीयताभन्दा बाहिर छन् ।








प्रतिक्रिया