३१ जेष्ठ २०८३, आइतबार

एनआईसी एशिया बैंकका ग्राहकलाई सिपी हस्पिटलमा २० प्रतिशतसम्म छुट सुविधा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिपी हस्पिटल प्रालि र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

यस समझदारीसँगै एनआईसी एशिया बैंकका ग्राहकहरुले धनगढी, कैलालीमा रहेको सिपी हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

एनआईसी एशिया बैंकका ग्राहकहरुले ओपीडी, प्याथालोजी, एक्सरे, यूएसजी, इन्डोस्कपी, नर्मल बेड, एचडीयू/आइसीयू, एसी क्याविन, सर्जरी, मेडिसीन, सीटी स्क्यान लगायतका सेवाहरुमा छुट सुविधा उपभोग गर्न सक्नेछन् ।

यी सुविधाको उपभोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । सिपी हस्पिटलसँगको सहकार्यले यस क्षेत्रमा बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।