
काठमाडौँ, १३ भदौ । नेकपा (एमाले)का सांसद पदम गिरीले प्रतिपक्षी दलहरूले सरकारको गरिरहेको काम कारबाहीको बारेमा जनता भ्रम छर्ने काम गरिरहेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको शुक्रवारको बैठकमा बोल्दै सांसद गिरीले यस्तो आरोप लगाएका हुन् ।
सरकारका कामलाई लिएर सिर्जनात्मक आलोचना गर्न कसैलाई नरोकिएको भए पनि संसद र सामाजिक सञ्जालमार्फत सरकारप्रति जनतामा अनावश्यक भ्रम छर्ने कार्य भइरहेको भन्दै उनले आपत्ति जनाए ।
उनले सरकारले बिग्रिएको अर्थतन्त्र सही दिशामा अगाडि बढाइरहेको जिकिर गरे । तथ्य र तथ्यांकमा टेकेर नभई सरकारले देश नै लुटिसक्यो जस्तो आफ्नो राजनीतिक रोटी सेक्ने गरी भ्रम छर्ने कार्य बन्द गर्न चेतावनी समेत दिए ।








प्रतिक्रिया