
काठमाडौं, १२ भदौ । आईसिएफसि फाइनान्स लिमिटेडले ५० करोड रुपैयाँ बराबरको ऋणपत्र “८% आईसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर—२०८९” निष्काशन गर्ने भएको छ ।
कम्पनीले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच दुई पक्षले समझदारी गरेका हुन् ।
सम्झौता पत्रमा आईसिएफसि फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र कुमारी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।
नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋणपत्र निष्काशन गरिने कम्पनीले जनाएको छ । यस कम्पनीले २१ शाखा कार्यलयहरु र १८ वटा एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।









प्रतिक्रिया