३१ जेष्ठ २०८३, आइतबार

ऋषिपञ्चमी व्रत कर्मकाण्ड मात्र होइन, संस्कार र शुद्धताको प्रतीक हो : प्रधानमन्त्री ओली

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ऋषिपञ्चमी पर्वको अवसरमा शुभकामना दिएका छन् ।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले ऋषिपञ्चमी व्रतलाई कर्मकाण्ड मात्र नभई संस्कार र शुद्धताको प्रतीकको रूपमा लिने गरेको बताए ।

प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘आज तीजको समापन, अर्थात् ऋषि पञ्चमी । हाम्रो समाजमा ऋषि पञ्चमी व्रतलाई कर्मकाण्ड मात्र होइन, संस्कार र शुद्धताको प्रतीकको रूपमा लिने गरिन्छ । मातृत्वको सम्मान र नारी शक्तिको अपरिहार्यता व्यक्त गर्ने यस पर्वको अवसरमा सबै दिदीबहिनीहरूलाई आरोग्य र दीर्घायुको शुभकामना ।’