
काठमाडौं, १२ भदौ । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी पर्व आज देशभर मनाइँदै छ । ऋषिपञ्चमीका दिन काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । नेपाली हिन्दु नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदै छन् । महिलाले आज बिहानै उठेर स्नान गरी मंगलबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्र लगायत धार्मिक कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् ।









प्रतिक्रिया