२७ असार २०८३, शनिबार

उत्तर कोरियाली नेता किम चिनियाँ सैन्य परेडमा सहभागी हुने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १२ भदौ । उत्तर कोरियाका नेता किम जोन उन बेइजिङमा हुने चिनियाँ सैन्य परेडमा सहभागी हुने भएका छन् । चिनियाँ विदेश मन्त्रालयका अनुसार सेप्टेम्बर ३ मा हुने सैन्य परेडमा पहिलोपटक विदेशी शीर्ष नेताहरु सहभागी हुन लागेका हुन्, जसमा किम पनि सहभागी हुनेछन् ।

चीनले विजय दिवसका रुपमा मनाउने यो सैन्य परेड जापानविरुद्धको ८०औँ युद्ध दिवस र दोस्रो विश्व युद्ध अन्त्यको दिन पारेर मनाउने गरिएको छ । यो परेडमा रुसी २६ देशका नेता सहभागी हुने बताइएको छ । जसमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नाम पनि समावेश छ । तर, पुटिन सहभागी हुनेबारे स्पष्ट भइसकेको छैन्। यो परेडमा चीनले सकयौँ सैन्य विमानसहित अत्याधुनिक अस्त्रहरु, एन्टी ड्रोन सिस्टमलगायत सैन्य सामग्री प्रदर्शन गर्ने बताइएको छ ।

बीबीसीका अनुसार निकै सुसज्जित बनाउन लागिएको यो सैन्य परेडमा तियानमेन स्क्वाएरमा दशौँ हजार सैनिकले परेड गर्ने बताइएको छ । परेडमा चिनियाँ पिपुल्स लिबरेशन आर्मीका ४५ जना विशिष्ट सैनिक अधिकृत सहभागी हुनेछन् । ७० मिनेटसम्म चल्ने परेडमा राष्ट्रपति सी जिनपिङ सहभागी हुने र मन्तव्य दिने बताइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको शुल्क नीतिले अमेरिकासँगको सम्बन्ध बिग्रिएका बेला चीनले आफ्नो समर्थनमा रहेका देशका प्रमुखहरुलाई बोलाएर परेड गर्न लागेकालाई यसलाई महत्वका साथ हेरिएको छ ।