
काठमाडौं, १२ भदौ । भारतीय कांग्रेस नेता तथा लोकसभामा प्रमुख विपक्षी नेता राहुल गान्धी बिहारमा आफ्नो मतदाता अधिकार यात्राको क्रममा आज सीतामढीको जानकी मन्दिर पुगेका छन् । यात्राको १२ औं दिनमा राहुलले तेजस्वी यादव र पप्पु यादवसँग जानकी मन्दिरमा पूजा गरेका हुन् ।

राहुलले एक दिन अघि जानकी मन्दिरको दर्शन गर्ने इच्छा व्यक्त गरेका थिए, तर सुरक्षाको कारणले प्रशासनले उनलाई अनुमति दिएको थिएन । तर पछि सही मार्ग तय गरेपछि उनलाई दर्शन गर्न अनुमति दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
१७ अगस्टमा सासारामबाट सुरु भएको राहुलको मतदाता अधिकार यात्रा बुधबार मुजफ्फरपुरबाट सीतामढी पुगेको हो ।








प्रतिक्रिया