२२ जेष्ठ २०८३, शुक्रबार

कवाड व्यवसायीले आज महानगरपालिकाको कार्यालय घेराउ गर्ने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । कवाड व्यवसायी संघर्ष समितिले आज काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गर्ने भएको छ ।

कवाड व्यवसायी, कवाड संकलक मजदुरमाथि महानगरपालिकाद्वारा विगत २ वर्षदेखि भइरहेको अन्यायपूर्ण ज्यादती, कुटपिट, सामान जफत र संरचना भत्काउने कार्यको विरोध स्वरूप महानगर घेराउ गर्न लागेको समितिले जनाएको छ ।

बिहान ११ बजे भृकुटीमण्डपमा भेला भई काठमाडौं महानगर कार्यालय कमलादी जाने उनीहरुको कार्यक्रम छ ।