८ श्रावण २०८३, शुक्रबार

दुई टी–२० अभ्यास खेल : आज साउथ अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै नेपाल

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । अष्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले टी–२० अभ्यास खेलमा अहिले साउथ अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।

टी–२० अभ्यास खेलका दुई खेल आजै हुँदैछन् । पहिलो खेल बिहान ५ः१५ बजे सुरु भएको छ । पहिलो खेलमा टस जितेर साउथ अष्ट्रेलियाले फिल्ड रोजेपछि नेपाल ब्याटिङ गर्दैछ ।

पहिलो खेल सकिए लगत्तै नेपालले सोही टिमसँग ९:१५ बजेपछि दोस्रो प्रतिस्पर्धा गर्नेछ ।

यसअघि मंगलबार भएका दुई खेलमा नेपालले अष्ट्रेलियन क्यापिटल टेरोटरी (एसिटी)सँग प्रतिस्पर्धा गरिसकेको छ ।

पहिलो खेलमा नेपाललाई जित दिलाउन ह्याट्रिकसहित सन्दीप लामिछानेले पाँच विकेट हात पारेका थिए भने दोस्रो खेलमा दीपेन्द्रसिंह ऐरी र साहब आलमले समान चारचार विकेट लिएका थिए ।

आज दुई वटा टी–२० सिरिज खेलेपछि नेपालले अष्ट्रेलियामा एउटा ओडीआई प्रतिस्पर्धा गर्नेछ ।