२१ जेष्ठ २०८३, बिहिबार

स्मार्टच्वाइस टेक्नोलोजिज पीसीआई एसएससीको दक्षिण एशिया क्षेत्रीय बोर्ड सदस्यमा छनोट

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । नेपाल राष्ट्र बैंकबाट अनुमति पत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) पेमेन्ट कार्ड इन्डष्ट्री सेक्युरिटी स्ट्‌यान्डर्स काउन्सिल (पीसीआई एसएससी)को दक्षिण एशिया क्षेत्रीय बोर्ड सदस्यको रुपमा चयन भएको छ ।

यस बोर्डमा नेपालबाट छनोट हुने एकमात्र कम्पनी एससीटी रहेको छ भने यसमा गुगल इन्क, भारतको नेशनल पेमेंट्स कर्पोरेशन, युरोनेट यूएसए एलएलसीजस्ता भुक्तानी क्षेत्रका ठूला संस्थाहरु समेत रहेको छ ।

पीसीआई एसएससी एक विश्वव्यापी मञ्च हो, जसले पीसीआई डीएसएसलगायतका अन्तर्राष्ट्रिय भुक्तानी सुरक्षाका मापदण्डहरूको विकास र प्रवर्द्धन गर्दै भुक्तानी कारोबारमा निहित साइबर जोखिम र सुरक्षा जोखिमहरू न्यूनीकरण गर्न र रोक्न सहयोग पुर्‍याउँछ ।

भारत–दक्षिण एशियामा पहिलोपटक गठन भएको यस क्षेत्रीय बोर्डमार्फ पीसीआई एसएससीले डिजिटल भुक्तानी क्षेत्रमा यस क्षेत्रको बढ्दो महत्वलाई प्रतिबिम्बित गर्दै विश्वव्यापी सहकार्यलाई थप विस्तार गरेको छ ।

क्षेत्रीय संलग्नता बोर्ड (आरईबी)मा एससीटीले सदस्यको भूमिकामा दक्षिण एशियामा भुक्तानी सुरक्षासम्बन्धी चुनौतीहरू र अवसरबारे पीसीआई एसएससीलाई परामर्श प्रदान गर्ने, मापदण्ड र कार्यक्रम विकाससम्बन्धी सुझाव तथा प्रतिक्रिया दिने, दक्षिण एशियाभर पीसीआई एसएससीका मापदण्ड र उत्कृष्ट अभ्यासबारे शिक्षा तथा सचेतना बढाउन मध्यस्तकर्ताको भूमिका निर्वाह गर्नेछ ।

स्मार्ट च्वाइस टेक्नोलोजीजका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे भन्छन्, “हामीलाई यो प्रतिष्ठित विश्वव्यापी मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा सम्मानित महसुस भइरहेको छ । यस सम्मानले नेपाल र दक्षिण एशियामा सुरक्षित डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने एससीटीको प्रतिबद्धतालाई पुष्टि गर्दछ । हामी हाम्रो भुक्तानी कार्डको विशेषज्ञतामार्फत योगदान गर्न र भुक्तानी प्रणालीलाई अझ सबल बनाउने हेतु क्षेत्रीय सहकार्यलाई मजबुत बनाउन तत्पर छौँ ।”