२४ जेष्ठ २०८३, आइतबार

गणेश थापालाई फुटबलका गतिविधिबाट रोक नलगाउन अदालतको आदेश

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । नेपाल फुटबल संघ (एन्फा) ले पूर्व अध्यक्ष गणेश थापालाई कुनै पनि फुटबल गतिविधिबाट रोक लगाउने निर्णयलाई उच्च अदालत पाटनले खारेज गरेको छ।

एन्फाको अनुशासन समितिले २०८२ वैशाख ४ गते र सदाचार समितिले वैशाख १६ गते विधानको धारा अनुसार थापालाई फुटबल गतिविधिमा सहभागी हुन बन्देज गर्ने निर्णय गरेका थिए। तर उच्च अदालतले फिफाले थापामाथि कारबाही गरिसकेको हुँदा सोही विषयमा पुनः कारबाही गर्न नमिल्ने प्रष्ट पारेको हो।

न्यायाधीश मुनिन्द्रराज अवस्थिको इजलासले गरेको फैसलामा भनिएको छ, “एउटै विषयमा दुईपटक कारबाही गर्न नमिल्ने न्यायको सिद्धान्तअनुसार गणेश थापालाई भविष्यमा फुटबल गतिविधिमा सहभागी हुन रोक लगाउने एन्फाको निर्णय न्यायसम्मत छैन।”

यससँगै अदालतले थापालाई फुटबल गतिविधिमा सहभागी हुन नपाउने कुनै पनि कार्य नगर्न र नगराउन एन्फालाई आदेश दिएको छ।