३० जेष्ठ २०८३, शनिबार

ऊर्जा प्रविधि तथा उपकरणको क्षेत्रमा चीन विश्वमै अग्रस्थानमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । चीनले नयाँ ऊर्जा प्रविधि तथा उपकरणको क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त गर्दै विश्वमै अग्रस्थान हासिल गरेको छ । हालसम्म चीनले नयाँ ऊर्जासम्बन्धी विश्वभर दर्ता भएका कुल प्रविधिगतअधिकारहरूमध्ये ४० प्रतिशतभन्दा बढी अधिकार प्राप्त गरेको चीनको राष्ट्रिय ऊर्जा प्रशासनका प्रमुख वाङ होङझीले जानकारी दिए ।

बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उनले चौधौँ पाँचवर्षीय योजना (सन् २०२१–२०२५) अवधिभर चीनले ऊर्जा प्रविधिमा निरन्तर नवीनता ल्याउँदै धेरै क्षेत्रमा विश्व कीर्तिमान कायम गरेको बताएका हुन् । सौर्य ऊर्जाको रूपान्तरण दक्षता (घामबाट विद्युत् उत्पादन गर्ने क्षमता) मा चीनले उल्लेखनीय सुधार गर्दै उच्च स्तरको प्रविधि विकास गरेको छ ।

त्यस्तै, समुद्री हावाबाट ऊर्जा उत्पादन गर्ने विशाल क्षमताका टर्बाइन निर्माणमा पनि चीनले अग्रता लिएको बताइएको छ । नयाँ प्रविधिमा आधारित ऊर्जा भण्डारण प्रणालीहरूको विकास र कार्यान्वयनमा समेत चीन अहिले विश्वकै अगाडि छ ।

प्रविधिगत नवप्रवर्तनका साथै चीनले वातावरण संरक्षण र हरित विकासमा विशेष जोड दिएको छ । चिनिया प्रविधि अहिले विश्वका धेरैजसो देशहरूमा निर्यात भई प्रयोगमा आइरहेका छन्, जसले स्वच्छ ऊर्जा प्रणाली निर्माणमा महत्वपूर्ण योगदान दिइरहेको चीनको दाबी छ ।