१ असार २०८३, सोमबार

एमाले विधान अधिवेशन : यी हुन् आदिवासी जनजाति महासंघले दिएको संशोधनका सुझावहरू (पूर्णपाठसहित)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । नेकपा (एमाले) को भ्रातृ संगठन लोकतान्त्रिक आदिवासी जनजाती महासंघले विधान संशोधनका लागि सुझाव पेश गरेको छ ।

एमालेको यहि भदौ २० देखि २२ गतेसम्म हुने विधान अधिवेशनमा विधान संशोधनका लागि महासंघले सुझाव पेश गरेको हो । महासंघले पार्टीमा ७० बर्षे उमेर हद र २ कार्यकालको व्यवस्था सम्बन्धमा पार्टीको विद्यमान विधानमा उल्लेखित पार्टी नेतृत्वको लागि ७० बर्षे उमेर हद र २ कार्यकाल मात्र रहने व्यवस्थालाई हटाउने भनि आएको संशोधन प्रस्तावलाई समर्थनसहित स्वागत पनि गरेको छ ।

यस्तै महासंघले महासंघीय संगरचनामा रहेका जनसंगठनहरुको केन्द्रीय सदस्य संख्या बढीमा १९९ सम्म रहन पाउने ब्यवस्था गर्नुपर्ने, पार्टी कमिटीहरु समानुपातिक समावेशी बनाउने सम्बन्धमा पार्टीको सबै तहका कमिटीहरु जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व हुने र अति कम संख्यामा रहेका अल्पसंख्यक समुदायको लागि न्युनतम एक जाती एक प्रतिनिधी अनिवार्य समेटिने गरी सामावेशीताको ग्यारेन्टी हुने व्यवस्था गरिनुपर्ने लगायतका माग गरेको हो ।

यी हुन् महासंघले दिएका सुझावहरू–