काठमाडौं, १० भदौ । ईश्वरी न्यौपानेले संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी छिन् ।
उनले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा उम्मेदवारी दिन संसदीय सुनुवाई समितिबाट राजीनामा दिएकी हुन् ।
काँग्रेसको पदाधिकारी बैठकले न्यौपानेलाई संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा गराएर राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।















प्रतिक्रिया