१७ असार २०८३, बुधबार

धापमा भासिएर गैँडाको मृत्यु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, १० भदौ । कावासोती–१५ गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वन नजिक धापमा भासिएर एउटा पोथी गैँडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जका संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार पानी खान गएको गैँडाको दलदलमा फसेर आज बिहान ज्यान गएको हो । गैँडाको खाग र खुर सुरक्षित छ ।

पछिल्लो राष्ट्रिय गैँडा गणनाअनुसार सन् २०२१ मुलुकमा ७५२ वटा गैँडा छन् । तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा छन् ।