२२ असार २०८३, सोमबार

नेपालबाट ६ खेलाडीले एसिया प्यासिफिक मोटरस्पोर्टस च्याम्पियनसिप खेल्ने

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १० भदौ । नेपालका ६ खेलाडीले श्रीलंमा हुने एसिया प्यासिफिक मोटरस्पोट्र्स च्याम्पियनसिप खेल्ने भएका छन् ।

एशिया प्यासिफिक मोटरस्पोर्टस् च्याम्पियनसिप ओलम्पिक शैलीमा आयोजना हुने एशिया–प्यासिफिक क्षेत्रको सबैभन्दा ठूलो मोटरस्पोर्टस्को प्रतियोगिता हो । सन् २०२३ मा मलेसियाको सेपाङ अन्तर्राष्ट्रिय सर्किटबाट सुरु भएको यस च्याम्पियनसिपको दोस्रो संस्करण २६–२८ सेप्टेम्बर, २०२५मा श्रीलङ्काको कोलम्बोस्थित श्रीलङ्का कार्टिङ सर्किटमा आयोजना हुँदैछ ।

युवा प्रतिभा र उदाउँदै गरेका मोटरस्पोर्टस् राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय स्तरमा अनुभव र अवसर प्रदान गर्ने लक्ष्य लिएको यस प्रतियोगितामा एशिया प्यासिफिक क्षेत्रका विभिन्न देशका राष्ट्रिय टिमले अटो–जिमखाना, क्रस–कार अटोक्रस, कार्टिङ स्प्रिन्ट, कार्टिङ एन्डुरेन्स, कार्टिङ स्लालम, र ई–स्पोट्र्स जस्ता विधाहरूमा प्रतिस्पर्धा गर्नेछन् ।

अन्तर्राष्ट्रिय अटोमोवाइल्स फेडेरेसन (एफआईए)को वार्षिक क्यालेण्डरमा इन्टरकन्टिनेन्टल गेम्सको मान्यताप्राप्त यस प्रतियोगितामा अटो–जिमखाना, क्रस–कार अटोक्रस तथा ई–स्पोट्र्स विधामा नेपालबाट आशिष भारती, राजकुमार कार्की, बिपास्ना तामाङ, जय प्रताप मास्के, रबिन सुनवार र रोशन अधिकारी गरी ६ खेलाडी सहभागी हुदैछन् ।

टिम म्यानेजर तथा मार्सल र ट्रेनिङ्ग कमिसनका सचिव आशिस रौनियार यस टिम सबै च्याम्पियनले बनेका र त्यही अनुसारको अभ्यास पनि गर्ने बताए ।

उनी भन्छन् “ विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर सबै खेलाडी आएका छन् । नासा नेपालले खेलाडीहरुलाई सक्दो सहयोग गर्नेछ । हाम्रो खेलाडीहरुले श्रीलङ्कामा पक्कै नै राम्रो प्रदर्शन गर्ने विश्वास लिएका छौँ ।”

नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराई भन्छन्, “सन् २००८ मा नेपाल अटोमोवाइन्स एसोसिएसन (नासा नेपाल)को स्थापना पश्चात नेपाली मोटरस्पोर्टस्का पारखीहरुलाई ट्रयाकमा उभ्याउन शुरु भयो ।

सन् २०११ को डिसेम्वरमा नासा नेपालले अन्तर्राष्ट्रिय अटोमोवाइल्स फेडेरेसन (एफआईए) र अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन (एफआइएम) को सदस्यता लिएपछि भने नेपाली ड्राइभर र राइडरको अन्तार्राष्ट्रिय रेसिङ्ग यात्रा शुरु भएको हो । हालसम्म पचासौ नेपाली ड्राइभर र राइडरले एशियाली र विश्वस्तरका प्रतिस्पर्धामा भाग लिएका छन्, तर ४ वटा इभेन्टमा मात्र पोडीएम पुग्ने अवसर मिलेको छ । अब त्यो क्रमले गति लैजाला भन्ने अपेक्षा गर्न साकिन्छ ।”