३१ जेष्ठ २०८३, आइतबार

एमालेको केन्द्रीय कमिटी बैठक स्थगित

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

यही भदौ १३ गतेका लागि बोलाइएको बैठक स्थगित भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका हुन् । बैठकमा विधान महाधिवेशनमा लैजाने प्रस्तावहरुमाथि छलफल गर्ने तय भएको थियो ।

विधान संशोधन मस्यौदा माथि आएको सुझावहरु मिलाउन समय लाग्ने देखिएकाले बैठक स्थगित गरिएको गौतमले बताए । एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्मका लागि तोकिएको छ ।