३१ जेष्ठ २०८३, आइतबार

आठ दिन अघि मात्रै कुवेत गएका सुर्खेतका गौतमले मुख्य सडकमै गरे आत्महत्या

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । कुवेतमा एकजना नेपाली युवकले आत्महत्या गरेका छन् ।

सुर्खेतको वीरेन्द्रनगर ४ शिवनगरका ३३ वर्षीय हरिबहादुर गौतमले कुवेतको महाबुल्लास्थित २१० नम्बर फ्लाइओभरबाट ३० नम्बर मुख्य सडकमा हाम फालेर आत्महत्या गरेका हुन् ।

फ्लाइओभरमा पुगेपछि लगाएका कपडा खोलेर उनी तल सडकमा हाम फालेका थिए । जसले गर्दा उनलाई गाडीले पनि किचेको बताइएको छ ।

उनी ८ दिनअघि मात्रै सवारी चालकको काम गर्न कुवेत पुगेका थिए । उनको मानसिक अवस्था ठिक नभएको बताइएको छ । उनी कुवेत पुगेकै दिनदेखि अस्वभाविक हर्कत देखाइरहेका उनीसँगैका साथीहरूले बताएका छन् ।