
काठमाडौं, १० भदौ । हिट्को प्रालि यसवर्षको नाडा अटो शोमा उत्कृष्ट स्टल अवार्डबाट सम्मानित भएको छ ।
नेपालमा वर्कशप निर्माणका लागि आवश्यक पर्ने सामाग्री उपलब्ध गराउँदै आएको हिट्को प्रालि कम्पोनेन्ट्स श्रेणीमा उत्कृष्ट स्टल अवार्डबाट सम्मानित भएको हो ।
कम्पनीका अध्यक्ष तथा कार्यकारी निर्देशक प्रदीपमान प्रधानले अवार्ड ग्रहण गरेका थिए ।

विसं ३०३२ सालमा स्थापना भएको हिट्को प्रालिले ५० वर्षदेखि नेपालमा औद्योगिक, सुरक्षा र सुरक्षासम्बन्धी उपकरणहरूको आयात र बिक्री गर्दै आएको छ । कम्पनीले विशेषगरी अटोमोटिभ, उत्पादन, निर्माण र व्यावसायिक क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
हिट्को प्रालिले वर्कशप निर्माणका लागि आवश्यक सम्पूर्ण इक्विपमेन्टहरू उपलब्ध गराउँदै आएको छ र यसले नेपालका लगभग ८० प्रतिशत वर्कशपलाई इन्भेन्ट्री सप्लाइ गर्ने गरेको छ ।
त्यसैगरी, नाडा अटो शोमा टू–ह्वीलर श्रेणीमा अल्फा अटोमोटिभ प्रालि र रोयल इन्फिल्डले अवार्ड प्राप्त गर्दा फोर–ह्वीलर श्रेणीमा वृद्धि प्रालिले यस वर्षको श्रेष्ठ उत्कष्ट अवार्ड प्राप्त गरेको थियो ।















प्रतिक्रिया