२४ असार २०८३, बुधबार

एपिएफ पहिलो खेलमा पराजित

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १० भदौ । एपिएफ फुटबल क्लबले हारबाट एएफसी महिला च्याम्पियन्स लिग समूह चरणको यात्रा सुरु गरेको छ । घरेलु टोली उज्वेकिस्तानको एफसी नासाफसँगको आज भएको आफ्नो पहिलो खेल एपिएफले ३–० ले गुमाएको छ ।

एपिएफ पहिलो हाफमा ३–० ले पछि परेको थियो । खेल सुरु भएको १६ मिनेटभित्र नै नासाफले २–० अग्रता बनायो । खाबिबुल्लेहा चियो राखोनले खेलको १३ औं र १६ औं मिनेटमा गोल गरिन् ।

लारिनाले हानेको लङ रेन्ज पावरफुल प्रहार क्रसबारमा लागेर फर्केको बललाई खाबिबुल्लेहा दियोराखोनले पहिलो गोल गरिन् । अनमार्क रहेकी खाबिबुल्लेहाले नै बक्स भित्रबाट दोस्रो गोल गरिन् ।

नासाफको लागि माफतुना सोयिमोभाले ३३ औं मिनेटमा गोल‌ गरिन् । पेनाल्टी बक्स बाहिरबाट उनले गरेको प्रहार गोलमा परिणत भयो । पहिलो हाफ लिएको ३–० को अग्रतालाई जोगाउन नाफाज सफल रह्यो । लगातार दोस्रो संस्करणमा नाफाज एपिएफलाई हराउन सफल रह्यो ।

गत संस्करणमा पनि यी दुई टोलीबीच प्रतिस्पर्धा हुँदा नासाफले एपिएफलाई १–० ले हराएको थियो। समूह ‘बी’ मा एपिएफ सँगै नासाफ, सिओएएस र अल नासर पनि छन् ।

आज भएको पहिलो खेलमा सिओएएसले अल नासरलाई २–० ले हरायो । एपिएफले बिहीवार सिओएएसको सामना गर्नेछ । समूहको विजेता अघिल्लो चरणमा पुग्नेछ ।