१५ असार २०८३, सोमबार

भारत र चीनसँग कुरा गरेर सीमा विवाद सुल्झाउने दम ओलीसँग मात्रै छ : गोकुल बास्कोटा

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य गोकुल बास्कोटाले सीमा विवादका विषयमा भारत र चीनसँग कुरा गर्न प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली बाहेक अरू कोहिसँग दम नरहेको बताएका छन् ।

आसन्न भारत र चीन भ्रमण लिम्पियाधुरा र लिपुलेकजस्ता सीमा विवाद समाधानका लागि ‘स्वर्ण मौका’ भएको उल्लेख गर्दै उनले त्यो दम ओलीसँग मात्रै भएको बताएका हुन् ।

लिम्पियाधुरा र लिपुलेकको सन्दर्भमा भारत र चीन दुवैले नेपाललाई बेवास्ता गर्ने नीति लिएको र यसबारे नेपाली नेता तथा कूटनीतिज्ञहरू अनभिज्ञ नरहेको बास्कोटाको भनाइ छ।

उनले लेखेका छन्, ‘लिम्पियाधुरा लिपुलेकबारे भारत चीन दुवैको नेपाललाई मतलव नै नराख्ने नीति नेपालका नेता र कुटनीतिज्ञलाई जानकारी नभएको थिएन। अहिले प्रम केपी शर्मा ओलीको दुईतिरकै यात्रा स्वर्ण मौका हो। ढुक्कले कुरा गर्ने र सल्टउने दम अरुमा छैन।’

यस्तै उनले चिनियाँ उखान उल्लेख गर्दै मिचाहाले एक इञ्च दिए एक माइल मिच्ने स्पष्ट पारे । मिचाहालाई एक इन्च मिच्न दिए एक माइल मिच्छ भन्ने चिनियाँ उखान छ,’ उनले लेखेका छन्।