
काठमाडौं, ९ भदौ । नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राई सम्मिलित इत्तिहाद क्लब एएफसी महिला च्याम्पियन्स लिग प्रारम्भिक छनोटको पहिलो खेलमै पराजित भएको छ ।
हाङ जेबट रंगशालामा सोमबार सम्पन्न खेलमा लियोन सिटीसँग इत्तिहाद २–० ले पराजित भएको हो । योसँगै इत्तिहादको छनोट हुने सम्भावना कमजोर बनेको छ । इत्तिहादलाई जित दिलाउन एमी ताकेउचीलेदुई गोल गरिन् । उनले खेलको १० र ३९औं मिनेटमा गोल गरेकी हुन् ।








प्रतिक्रिया