२९ जेष्ठ २०८३, शुक्रबार

बीसीसीआईले ड्रिम–११ सँगको ३५८ करोड भारुको जर्सी सम्झौता रद्द गर्‍यो

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ९ भदौ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले ड्रिम–११ सँगको ३५८ करोड भारुको जर्सी सम्झौता रद्द गरेको छ । अनलाइन गेमिङको प्रवद्र्धन र नियमन विधेयक २०२५ पारित भएसँगै विश्वको सबैभन्दा ठूलो वास्तविक पैसा कमाउने गेमिङ कम्पनी ड्रिम–११ सँग बीसीसीआईले प्रायोजन सम्झौता रद्द गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बीसीसीआईले ड्रिम–११ सँग सम्झौता समाप्त गर्नु अपरिहार्य थियो । अन्यथा ३५८ करोड भारु बराबरको प्रायोजन सम्झौताको निरन्तरता गैरकानूनी हुने थियो ।

बीसीसीआईले भविष्यमा यस्ता कुनै पनि संस्थासँग संलग्न नहुने प्रतिबद्धता पनि जनाएको छ । नयाँ सरकारी कानूनले काल्पनिक गेमिङको विज्ञापनलाई गैरकानूनी बनाएको छ ।

ड्रिम–११ को मूल कम्पनी ड्रिम स्पोट्र्सले सन् २०२३ मा बीसीसीआईसँग ३ वर्षको जर्सी प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको थियो ।

एशिया कप नजिकिँदै गर्दा बीसीसीआईले अर्को १५ दिनभित्र कुनै कम्पनीसँग सम्झौता नगरेसम्म भारतीय टोली जर्सी प्रायोजकविना नै रहनेछ । एशिहया कप आउँदो सेप्टेम्बर ९ देखि संयुक्त अरब इमिरेट्स (यूएई) मा शुरू हुँदैछ ।