७ असार २०८३, आइतबार

कैलाली कारागारमा एक कैदीको मृत्यु

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, ९ भदौ । कैलाली कारागारमा एकजना कैदीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा टीकापुर नगरपालिका–४ का ५६ वर्षीय रामकिसन चौधरी रहेका छन् । उनी जबरजस्ती करणीको आरोपमा पुर्पक्षका लागि थुनामा थिए ।

टाउको दुखेको बताएपछि उनलाई सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।