काठमाडौं, ९ भदौ । नेपाली बजारमा लक्जरी र प्रिमियम ईभी एसयूभीका रुपमा परिचित स्काइवेलले नाडा अटो शो २०२५ मा उल्लेखनीय सफलता हात पारेको छ। स्काइवेलका BE11 र ET5 मोडलका १३१ वटा सवारी साधन बुकिङ्ग भएको कम्पनीले जानकारी दिएको हो ।
बुकिङ्गमा सहभागी ग्राहकहरूले युरोप टुर, हिराको हार तथा लक्की ड्र मार्फत रोलेक्स घडी प्राप्त गर्ने आकर्षक अफरको लाभ पनि लिएका छन्।
जि मोटर्स प्रा.लिका तर्फबाट अध्यक्ष कैलाश बाबु गेलालबाट जारी विज्ञप्तिमा भनिएको छ, “यस वर्षको नाडा अटो शोले हाम्रा स्काइवेलका प्रिमियम एसयूभीप्रति ग्राहकहरूको इच्छा, चाहना र तत्परता प्रष्ट देखाएको छ। हामी यस सफलताप्रति उत्साहित छौँ। आयोजक नाडा, सम्पूर्ण आगन्तुक र मिडिया क्षेत्रलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौँ।”
नेपालमा बिस्तारित शोरुम र डिलर नेटवर्क
हाल स्काइवेलका आफ्नै शोरुम काठमाडौंको नक्साल, भक्तपुरको राधेराधे र इटहरीमा सञ्चालनमा रहेका छन्। यस्तै, बिर्तामोड, पोखरा, चितवन र जनकपुरमा आधिकारिक डिलरमार्फत बिक्री वितरण भइरहेको छ। निकट भविष्यमा बुटवल, नेपालगन्ज र धनगढीमा नयाँ डिलर स्थापना गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सफल
स्काइवेलका विद्युतीय सवारी साधन हालसम्म जर्मनी, इजरायल, टर्की र रसियालगायत ५८ भन्दा बढी देशमा बिक्री भइसकेका छन्।
लक्जरी र प्रविधियुक्त एसयूभीका रुपमा चिनिएको ईटी –५ मा निम्न विशेषताहरू रहेका छन्-
कम्पनीका अनुसार, स्काइवेल ईटी५ विशेषगरी इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोय मा आधारित प्योर ईभी प्लेटफर्ममा निर्माण गरिएको छ।
यसको टप स्पिड १६० किलोमिटर प्रतिघण्टाभन्दा बढी रहेको छ भने एक्सक्लुसिभ पेटेन्टेड स्लिप सिट र अत्याधुनिक मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई थप लक्जरी अनुभव दिलाउने कम्पनीको दाबी छ।
लक्जरी र प्रिमियम इलेक्ट्रिक एसयूभीको रुपमा विश्वभर ५८ भन्दा बढी देशमा स्थापित स्काइवेलले नाडा अटो शो २०२५ मार्फत नेपालमा पनि आफ्नो बजारलाई बलियो बनाउँदै लगेको संकेत दिएको छ।








प्रतिक्रिया