
काठमाडौं, ९ भदौ । पारालैंगिक पात्रको कथामा बनेको चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । चलचित्रको कथावस्तु समेटिएको उक्त गीतमा तेस्रोलिंगी समुदायले फरक पहिचानका कारण भोग्नुपरेको सामाजिक विभेद र कारुणिक वास्तविकतालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।
गीतले तेस्रोलिंगी समुदायलाई समाजले मानिसको रूपमा स्वीकार नगर्दा उनीहरूले भोग्नुपरेको पीडा र मानवीय व्यवहारका लागि गरेको संघर्षलाई मार्मिक रूपमा चित्रण गरेको छ ।
गीतमा लेखु सहयात्रीको रचना, समुन्द्र भट्ट र रेखा पन्तको शब्द रचनासँगै केतन क्षेत्री र विषम आचार्यको स्वर रहेको छ । भदौ १३ गतेदेखि प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई नेपालमा पारालैंगिक पात्रको कथामा बनेको पहिलो कथानक चलचित्र मानिएको छ ।








प्रतिक्रिया